अछाममा खाल्डोमा जमेको पानिमा डुबेर दुई जनाको ज्यान गयो

भानु ढकाल ,

अछाममा खाल्डोमा जमेको पानिमा डुबेर दुई जना बालकको ज्यान गएको छ ।

जिल्लाको मंगलसैन नगरपालिका वडा नं ७ जनालीमा सडक छेउको खाल्डोमा जमेको पानिमा डुबेर दुई जनाको ज्यान गएको हो । ज्यान जानेमा मंगलसैन नगरपालिका वडा नं ७ जनालिका ललित बादी र युकेश दमाई रहेका छन ।

बाख्रा चराउन गोठालो गएका उनिहरुको जमेको पानिमा खेल्नेक्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक शाहीले जानकारी दिनुभयो ।

मृतक दुबैजनालाई पोष्ट्मार्टमकालागी जिल्ला अस्पताल मंगलसैन लगीएको डिएसपी शाहीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker