जीवीत बच्चालाई अस्पतालले मृत घोषणा गरेपछि ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रसुती वार्डले मृत घोषणा गरेकाे शिशु जिउँदाे भेटिएकाे छ ।
शुक्रबार अाज बिहान मृत घाेषणा गरेकाे शिशुकाे परिवारले अन्तिम संस्कार गर्न लाग्दा शिशु जिउदै भेटिएको हाे ।
जाजरकोटको छेडा नगरपालिका वाडा नं. ९ कि कमला अधिकारीले ६ महिना मै शिशु आज बिहान ५ बजेर ४५ मिनेटमा भेरी अस्पतालको प्रशुती वार्डमा जन्माएको भेरी अस्पताल स्रोतले जनाएको छ ।
लामो समय देखि भेरी अस्पतालका प्रसुती विशेषज्ञ संग चेकजाँच गराउदै आएकी कमला बिहिवार नेपालगन्ज आएर सो चेकजाँच गराउनु भएकाे थियाे ।
एक्कासी असहज भएपछि कमला बिहिवार अस्पतालमा चेकजाँच गर्न आउनु भयाे र शुक्रबार अस्पतालमा छोरी जन्माएकी उहाँका श्रीमान मिलन अधिकारीले बताउनुभयाे ।
निर्मलाको शिशु जन्मिएको केही मिनेटमै शिशुको मृत्यु भएको जानकारी गराइएको थियो ।
सो शिशुको अन्तिम संस्कार गर्न नेपालगन्जको रामनगर स्थित समसानघाटमा पुगेर शिशुको सदगद गर्ने बेला जिउदो भेटिएको पति अधिकारीले जानकारी दिनुभयाे ।
शिशुको तौल ६ सय ग्राम रहेको अस्पताल स्रोतले जनाएको छ भने सो शिशुको भेरी अस्पतालको एनआइसियुमा उपचार भइरहेको छ । यता अस्पताल प्रशासनले एक बिज्ञ्प्ति जारी गर्दै