Techie IT

अब मलाई पुगिसक्यो महोदय नगर्नुहोस्-गजल महेन्द्र माहासागर


अब मलाई पुगिसक्यो महोदय नगर्नुहोस्
मेरो अगाडि आँशु झर्ने अभिनय नगर्नुहोस्

भगवानको बास मान्छेको आत्मा मा हुन्छ
आत्मा नभएको मूर्तिको जय जय नगर्नुहोस्

खुसी हुन्छौ मा दावाका साथ भन्न सक्दिन
सुखी हुन्छौ मनले भनेको कतिपय नगर्नुहोस्
महेन्द्र माहासागर

अनुवभले भन्छ प्रेम गनु पनि एक गल्ती हो
दुःख पाइन्छ यहाँ, खराब छ समय नगर्नुहोस्

मन चुडिएको एक प्रेमीले अचेल यसरी भन्छ
प्रेममा दुःख मात्र पाउने भय नगर्नुहोस्

– महेन्द्र माहासागर


क्याटेगोरी : मनाेरञ्जन, विशेष

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!