हिमाल सम्मेलन हुँदै

बदलिँदो विश्वमा हिमालहरु विषयमा केन्द्रित भएर चौथो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।
आगामी शुक्रबार र शनिबार हुने उक्त सम्मेलनमा विभिन्न मुलुकका प्राध्यापक,विज्ञ, वैज्ञानिक, विशेषज्ञ तथा विद्यार्थीहरु गरी २५० जनाको सहभागिता रहने कार्यक्रमका संयोजक एवं जैविक विविधता विज्ञ प्रकाशकुमार पौडेलले जानकारी दिए ।
सम्मेलनमा ३० विदेशी विज्ञका सहित १२० वटा कार्यपत्र प्रस्तुत हुने छन् ।सम्मेलनमा जलवायु परिवर्तन,पहाडको जलवायु,हिम क्षेत्र,संरक्षण लगायतका विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए ।
हिमाली क्षेत्रको विविध पक्षको विषयमा प्राज्ञिक बहसका लागि सम्मेलनले मञ्च समेत उलब्ध गराउने पौडेलले बताए । सम्मेलनबाट हिमाली क्षेत्रका विभिन्न वैज्ञानिक पाटाहरुबारे जानकारी हुने र यसले नीति निर्माणका क्रममा वैज्ञानिक पक्षलाई पनि समेट्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।
काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठानको मुख्य आयोजनामा यो सम्मेलन प्रत्येक वर्षको अक्टोबरमा हुँदै आएको छ ।यस्तै, सम्मेलनका क्रममा संरक्षण विज्ञान समाजको अन्तर्राष्ट्रिय सञ्जालको नेपाल इकाइले पनि जैविक विविधता तथा संरक्षण सम्बन्धि एक विशेष कार्यक्रम गर्दैछ ।
नेपालमा यस प्रकारको वैज्ञानिक बहसहरु धेरै कम हुने गराकाले पनि यस किसिमको सम्मेलन उपयोगी हुने आयोजकले जनाएको छ ।
क्याटेगोरी : मुख्य समाचार, विशेष, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस