बान्नीगढी सरकार बिरुद्ध जयगढमा बिद्यार्थीद्धारा प्रर्दशन ( भिडियो )

बान्नीगढि जयगढ गाउँपालिका बिरुद्ध जयगढमा बिद्यार्थीले प्रर्दशन गरेका छन । सरस्वती माद्यामीक जयगढका बिद्यार्थीहरुले बान्नीगढी सरकारका बिरुद्ध बिहिवार जयगढ बजारमा र्याली सहित प्रर्दशन गरेका हुन ।
बान्नीगढी जयगढ गाउँपालिकाले जयगढ बजारबाट सँकलन गरेका मदिराका बोतल लगायतका फोहोर सरस्वती माद्यामीक बिद्यालयको हाता भित्र थुपारेको भन्दै सरस्वती माद्यामीक बिद्यालयका बिद्यार्थी गाउँपालिका सरकारप्रती निकै आक्रोशित बनेका छन ।
मँगलबार बान्नीगढी जयगढ गाउँपालिकाले जयगढ बजारबाट सँकलीत मदिराका बोतल लगायतका फोहोर बिद्यालयको हाता भित्र थुपारेको थियो ।
बिद्यालय जस्तो सम्वेदनशिल क्षेत्रमा गाउँपालिका सरकार जस्तो जिम्मेवार निकायले नै मदिराका बोतल लागायतका फोहोर थुपारेको भन्दै आक्रोशित बनेका बिद्यार्थीको समुहले बान्नीगढी सरकार मुर्दावाद,बिद्यालयमा मदिराका बोतल थुपार्न पाईदैन,बिद्यार्थी एकता जिन्दाबाद लगायत नाराबाजी गरेको थियो ।
बिद्यालयबाट सुरु भएको बिद्यार्थीको बिरोध र्याली गाउँपालिका प्रागँणमा गएर कोण सभामा परिणत गर्दै समापन गरिएको थियो । र्यालीमा सहभागी बिद्यार्थी बिक्रम साउँदले बिद्यालय जस्तो सम्वेदनशिल क्षेत्रमा गाउँपालिका सरकारले मदिराका बोतल थुपारेको बिरोधमा बिरोध प्रर्दशन गरिएको बताएका छन । बिद्यालयहातामा पुरिएका मदिराका बोतलहरु नहटाईए बिद्यार्थीहरुले कडा रुपमा आन्दोलन जारी राख्ने उनको भनाई छ ।
बिरोध र्यालीपछिको कोण सभामा बोल्दै बिद्यार्थी नेता अनेरास्वीयु अछामका जिल्ला अध्यक्ष तिलक ठकुल्लाले बिद्यालयहाता भित्र मदिराका बोतल थुपारीएकोमा आपक्ती जनाउदै गाउँपालिका सरकारको आलोचना गरेका थिए ।
बिद्यालयको हाता भित्रै थुपारीएका बोतलहरु रातारात बिद्यालय हाता भित्रै पुरिएको बिषयमा आपत्ती जनाउदै ठकुल्लाले पुरिएका वोतलहरु बिद्यालयहाताबाट झिकेर अन्यत्रै व्यवस्थीत पार्नुपर्नेमा जोड दिएका छन ।पुरीएका बोतलहरु समयमै निकालेर अन्यत्रै लगेर व्यवस्थीत नगरिएमा आन्दोलनका अन्य कार्यक्रम अगाढी बढाउने उनको भनाई छ ।
बिद्यालय जस्तो सम्वेदनशिल तथा शान्ती क्षेत्रमा अध्यापन भईरहेका समयमा मदिराका बोतल थुपार्ने तथा थुपार्न लगाउने बान्नीगढी जयगढ गाउँपालिका सरकारका प्रमुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने समेत बिद्यार्थी नेता अनेरास्वीयु अछामका जिल्ला अध्यक्ष तिलक ठकुल्लाले माग गरेका छन ।
मँगलवार बिद्यालयहाता भित्र मदिराका बोतल लगायत फोहार थुपारिएको बिषयमा बान्नीगढी टुडे डटकम अन्लाईन पत्रिकामा समाचार प्रकाशन भएसँगै रातारात ती बोतल लगायत फोहार रातारात पुरीएको छ । यता बिद्यार्थीहरुले भने बिद्यालय हातामा पुरिएका बोतल निकालेर अन्यत्रै लगेर व्यवस्थीत नगरे आन्दोलन गर्ने चेतावनी दिदै आएका छन ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, विशेष, शिक्षा, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस