Techie IT

चित्रकलामा रमाएका ओजोन


वाह् ! कस्तो राम्रो ! ओजोनले बनाएका चित्र हेर्ने जोकोहीले प्रशंसा गरिहाल्ने । अछाम घर भई हाल काठमाडौंमा अध्ययनरत ओजोन न्यौपाने जति आकर्षक चित्र कोर्छन्, उस्तै आकर्षण उनको लेखाइमा पनि छ । हस्तलेखन प्रतियोगितामा समेत उनले उत्कृष्ट पुरस्कार जितेका छन् ।

यतिबेला कोरोना भाइरसको सन्त्रास छ । देश लकडाउनको स्थितिमा छ । विद्यालय बन्द हुँदा बालबालिकाहरू घरको चार दिवारमा सीमित हुनुपरेको छ ।

ओजोन पनि घरमै छन् तर उनको लकडाउन दिनचर्या झन् सिर्जनात्मक बन्दै गएको छ । घरमा बस्दा कुनै न कुनै सिर्जनात्मक कुरामा अल्झिरहनु नै ओजोनको दैनिकी भएको छ ।

चित्र सिर्जना एक उत्कृष्ट कला मानिन्छ । चित्रको स्केच तयार पार्नु र त्यसमा सुहाउने रंग भर्नुमा कौशल चाहिन्छ र त्यसमा अब्बल छन् ओजोन ।

 

उनी भन्छन्, चित्र बनाउनुमा छुट्टै आनन्द छ । जब चित्रले जीवनजगत र समाजपरिवेश झल्काउँछ तब मात्र त्यो अर्थपूर्ण बन्दछ ।


क्याटेगोरी : रोचक, विशेष, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!