चौरपाटीमा चप्पल उद्योग सञ्चालन

अछाम जिल्लामा पहिलो पटक चप्पल उद्योग सञ्चालनमा आएको छ । जिल्लाको चौरपाटी गाउँपालिकामा युवा व्यवसायी हिमाल साउँद र लोकेन्द्र थापाले १० लाखको लागतमा “एच एण्ड एल” नामक उद्योग स्थापना गरेका हुन् ।
युवा व्यवसायी हिमाल साउँदका अनुसार करिब १० लाखको लागतमा चप्पल उद्योग सञ्चालन गरिएको हो । उनले आफुले उत्पादन गरेका चप्पलहरु जिल्लाभर उपलब्ध गराउने लक्ष्य रहेको जानकारी दिए । चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात गरिएको छ । उद्योगमा स्थानीय युवाहरुलाई रोजगारी दिएर आत्मनिर्भर बनाउने उनले बताए ।
बाहिरबाट कामदार ल्याउनु भन्दा स्थानीय युवाहरुलाई तालिम सिकाएर रोजगारी दिने आफुले योजना बनाएको उनको भनाई छ । उक्त उद्योगबाट दैनिक झण्डै १ हजार एक सय चप्पल उत्पादन हुने बताईएको छ । उनले अझै पनि सेवा र लगानी थप्ने आफ्नो योजना रहेको बताए ।
अहिले उक्त गाउँपालिकाको वडा नम्बर १ गैरिलेक बाट चप्पल बिक्री गर्न थालिएको छ । माग अनुसार उत्पादन र बजार विस्तार गर्ने योजना बनाएको अर्का सञ्चालक लोकेन्द्र थापाले जानकारी दिएका छन । यसअघि सामान्य चप्पलसमेत बाहिरबाट आयात गरिँदै आएको थियो ।
अब जिल्लामै चप्पल उत्पादन हुन थालेपछि सस्तो र शुलभ हुने भन्दै स्थानीय खुशी भएका छन ।
क्याटेगोरी : मुख्य समाचार, रोजगार, विशेष, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस