अछाममा आत्महत्या गर्नेको संख्या बढ्दो : पाँच महिनामा २२ जनाले आत्महत्या गरे

अछाम जिल्लामा आत्महत्याका गर्नेको संख्या बढेको छ ।

कोभिट १९ कारोना भाईरस नियन्त्रणका लागी २०७६ चैत्र ११ गतेदेखि बेलाबेलामा भईरहेको आंशिक र पुर्ण लकडाउनको यो अवधीमा जिल्लाभर २२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पाँच महिनाको अवधीमा ११ जना महिला तथा ११ जना पुरुषले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभयो । बिगतका बर्षहरुको तुलनामा यस बर्ष जिल्लामा आत्महत्याका घटनाहरु तिब्र रुपमा बढेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आत्महत्या गरेकाहरुमध्य अधिकांस १५ देखी २५ बर्ष उमेर समुहका युवाहरु रहेको अवस्थिीले बताउनुभयो । लकडाउन अवधिमा मानिसहरु घरमै रहने, कामकाज नहुने र विभिन्न मानसिक कुन्ठाहरु उत्पन्न हुने , मदिरा सेवन, गरीबी, घरेलु हिंसा, लैगिक हिंसा, अशिक्षा , प्रेम सम्बन्धमा खटपट लगायतका कारणले आत्महत्याको दर बढेको बताउँदै अवस्थिले सामाजिक विकृतिका कारणले समेत आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको बताउनुभयो ।

यसैबिच आज हामीले अछाममा पछिल्लो समय भईरहेका आत्महत्याका घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थिसंग कुराकानि गरेका गरेका छौँ ।

कुराकाानिको शुरुमा उहाँलाई साथी भानु ढकालले अहिले अछाममा हात्महत्याको अवस्था कस्तो छ भनेर सोध्नुभएको छ । कुराकानि : रमेश अवस्थि ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker