नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघ्यो

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९० हजार आठ सय १४ पुगेको छ ।
गएको २४ घण्टामा एक हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएको हो ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।
अब नेपालमा २२ हजार सात सय नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार दुई सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उज्यालो अनलाइन बाट साभार
क्याटेगोरी : राष्ट्रिय, विशेष, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस