Techie IT

अछाममा कोरोना संक्रमण दर बढ्दै


 अछाममा कोरोना संक्रमणको दर बढ्दै गएको छ।

तीन दिनको अवधिमा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ । कमलबजार प्रयोगशालामा भएको परीक्षणमा १९ गते मात्रै जिल्लामा सबैभन्दा बढी ४१ जनामा कोरोना संक्रमण देखिएको थियो भने २० गते ३७ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी २१ गते आइतबार २८ जना संक्रमित थपिएका छन् । आज कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको छ। २९ जना मध्ये अछामका २८ जना र एक जना टिकापुर नगरपालिकाका रहेका प्रयोगशालाले जनाएको छ।

मंगलसेन नगरपालिकाका कर्मचारीमा समेत संक्रमण देखिएपछि नगरपालिका २० गतेदेखि एक हप्ताका लागि सिल गरिएको छ। नगरभित्र अस्वभाविक रुपले संक्रमण दर बढ्दै गएको भन्दै सिल गरेको बिज्ञप्ती मार्फत जानकारी गराएको छ।

नगरपालिकामा संक्रमितको संख्या २७५ पुगेको छ। आज थपिएका सक्रमित कमलजार नगरपालिकाका २ महिला ७ जना पुरुष, टिकापुर नगरपालिका १ जना पुरुष, साँफेबगर नगरपालिकाका २ जना पुरुष, पञ्चदेवल बिनायक नगरपालिका २ महिला र एक पुरुष, तुर्माखाद गाउँपालिका एक महिला र दुई पुरुष र मंगलसेन नगरपालिकाका ४ महिला ७ पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयो ।

योसँगै अछाममा कोरोना संक्रमितको संख्या १३ सय २८ पुगेको छ।

निको हुनेको संख्या ११ सय ५५ रहेको छ। भने ४ जनाको मृत्यु भइसकेको छ । स्वास्थ कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म ११ हजार १ सय २० जनाको कोरोना परीक्षण गरिएको छ ।


क्याटेगोरी : विशेष, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस