बल्देखोला–बाटुलासेन ग्रामिण सडकको मर्मत कार्य सुरु

गत साउन १३ गते र भदौ २ गतेको बाढी पहिरोले तहस नहस पारेको बल्देखोला–बाटुलासेन ग्रामिण सडकको मर्मत कार्य सरु भएको छ ।
साउनको पहिलो सातादेखि बाढीपहिरोले मानिस हिड्ने बाटो समेत नरहने गरी तहस नहस भएको रामारोशन गाउँपालिका र अन्य सराकारवाला व्यक्तीहरुको पहलमामर्मत कार्य सुरुभएको हो ।
निर्वाचन क्षेत्र बिकास पुर्वाधार कोषबाट २० लाख बजेटमा बल्देखोला–बाटुलासेन ग्रामीण सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याभिन जाली लगाउने र सोलिङ गर्ने गरी मर्मतको काम थालिएको नेकपाका नेता जनक बिष्टले जानकारी दिनुभयो । मंसिर १३ गते गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँद भास्करको अध्यक्षतामा मर्मत कार्य सुरु गर्ने निर्णय भए बोमोजिम हिजोबाट सडकको मर्मत कार्य सुरु भएको हो ।
यस्तै बाटुलासेनमा सडक संजाल बिस्तार गर्न थप बजेटका लागि केन्द्र सरकारसंग सहकार्य भैरहेको नेपाल कम्नीयुष्ट पार्टी नेकपाका जिल्ला कमिटि सचिवालय सदस्य तथा रामारोशन गाउँपालिकाका सह इन्चार्ज मान बाहदुर गिरीले बताउनुभयो । उहाँले रेडीयो बान्निगढीसंग संक्षीप्त कुराकानी गर्दै वडामा सडक मर्मतसंगै आगामी २ हप्तामै राष्टीय विद्युतिय प्रसारण लाइन बिस्तार गर्ने पनि बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, विशेष, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस