सामाजिक संजालमा जिल्लाको नाम अपभ्रंस गर्ने सिडियोले माफी मागे

सामाजिक संजालमा अछामलाई अपभ्रंश गरी बिभीन्न नाम दिनुभएका अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले माफी माग्नुभएको छ । आज सामाजिक संजाल फेसबुक मार्फत मल्लले हतारमा टाईपिङ मिस्टेक भएको भन्दै माफी माग्नुभएको हो ।
मल्लले यस अघि समाजिक संजाल फेसबुकमा पटक पटक अछामको नाम अपभ्रंस गरी कहिले आसाम , कहिले आछाम अनि कहिले असाम लेख्दै आउनुभएको थियो । यसरी पटक पटक जिल्लाको नाम अपभ्रंस गरी सामाजिक संजामा लेख्न थालेपछि उहाँले चर्को आलोचन भएको थियो ।