Techie IT

बान्नीगढीमा कोरोना नियन्त्रणको १ करोढ बढि खर्च : स्वास्थ्यकर्मी नै असन्तुष्ट


बान्नीगढी जयगढ गाउँपालिकाका स्वास्थ्यकर्मीहरू कोरोना नियन्त्रण अभियानमा खट्नेमा आशङ्का पैदा भएको छ ।

कोरोना कहरका नाममा गत वर्ष १ करोड ९ लाख खर्च गरिएको भए पनि आफूहरूले काम अनुसार सेवा सुविधा नपाएको भन्दै असन्तुष्ट बनेका गाउँपालिकाका स्वास्थ्यकर्मी यस पटक कोरोना कहरमा खटिनेमा आशङ्का पैदा भएको हो ।

पहिलो चरणको कोरोना कहर नियन्त्रणका क्रममा गत वर्ष काम अनुसारको सेवा सुविधा नपाएको भन्दै स्वास्थ्यकर्मीहरू असन्तुष्ट रहेको पाइएको छ ।

गत वर्ष कोरोना नियन्त्रणका लागी निजी मोटरसाइकल,पेट्रोल खर्च गर्दै रातारात काममा खटिएको भए पनि काम अनुसारको सेवा सुविधा नपाएकाले आफूहरू असन्तुष्ट बनेको एक स्वास्थ्यकर्मीले बताएका छन् ।

ती स्वास्थ्यकर्मीका अनुसार बान्नीगढी जयगढ गाउँपालिकाको नन्दा माद्यामीक विद्यालयमा दर्जनौँ विद्यार्थी र शिक्षकहरूमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको बारे खबर पश्चात स्वाब सङ्कलनका लागी गाउँपालिकाका स्वास्थ्यकर्मी तयार भएका थिएनन् ।

गत वर्ष कोरोना नियन्त्रणका नाममा १ करोड ९ लाख बढी खर्च गरिएको भए पनि नियन्त्रणमा जोखिम मोलेर खटिने स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता लगायत आवश्यक चित्त बुझ्दो सेवा सुविधा नपाएको गुनासो गर्दै उनीहरू सहज रुपमा स्वाब सङ्कलनमा जान राजी नभएको बताइन्छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीको हार गुहार पछि मात्र स्वास्थ्यकर्मी स्वाब सङ्कलनमा निस्किएको गाउँपालिका निकट स्रोतको दाबी छ ।

“काम गर्ने कालु मकै खाने भालु भएपछि कसरी काम गर्न जाँगर आउछ ? रातदिन नभनी काममा खटिदा समेत आवश्यक सेवा सुविधा नपाएको गुनासो गर्दै नाम नवताउने एक स्वास्थकर्मीले भने प्रमुख प्रशासकीय अधिकृत ज्युले धेरै अनुरोध गरेपछि मात्र स्वाव संकलनमा स्वास्थ्यकर्मी स्वाव संकलनमा निस्किएका हुन् “

बान्नीगढी जयगढ गाउँपालिकामा गत वर्ष कोरोना नियन्त्रण तथा करेन्टाईन व्यवस्थापन,आइसोलेसन निर्माण यातायात लगायत शिर्षकमा १ करोड ९ लाख रुपैयाँ खर्च गरिएको थियो ।

कोरोना नियन्त्रणका नाममा १ करोड ९ लाख रकम खर्च गर्दा समेत कोरोना नियन्त्रणमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी समेत असन्तुष्ट बन्नुले बजेटको दुरुपयोग भएको आशङ्का स्थानीयको छ ।

कोरोना नियन्त्रणका नाममा आर्थिक अनियमितता भएको आशङ्का गर्दै तत्कालीन नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले खर्चको हिसाब सार्वजनिक गर्न माग गर्दै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्कालाई ज्ञापन पत्र समेत बुझाएको थियो भने सार्वजनिक रुपमा समेत यस बिषयमा आवाज उठेको थियो । तर गाउँपालिकाका तर्फबाट भने यस बिषयमा कुनै पनि वास्ता गरिएन ।

गाउँपालिकाको गत आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिक सुनुवाइ समेत गाउँपालिकाको मूल गेट बन्द गरी गोप्य कोठामा गरिएको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि

सार्वजनिक सुनुवाइ कार्यक्रममा कुनै पनि राजनीतिक दल तथा प्रतिनिधिलाई समेत नबोलाई गोप्य रुपमा बन्द कोठामा कार्यक्रम गरिएकोमा आपत्ति जनाउँदै गाउँपालिकाका ३ वटै राजनीतिक दलले प्रेस विज्ञप्ति समेत प्रकाशित गरेका थिए ।

गोप्य कोठामा सार्वजनिक सुनुवाइको बिरोधमा ३ वटै दलले निकालेको बिज्ञप्ती

यता बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले भने विभिन्न सार्वजनिक कार्यक्रमहरूमा गाउँपालिकाले सम्पूर्ण गतिविधिहरू पारदर्शी रुपमा सञ्चालन गर्दै गाउँपालिकामा सुशासन कायम गरिएको दाबी गर्दै आएका छन् भने गाउँपालिकाले गरेका गरेका क्रियाकलाप गाउँपालिकाको वेभसाईट र मोबाइल एव्लीकेसनमा हेर्न सकिने बताउँदै आएका छन् ।

तर गाउँपालिकाको वेभ साइट तथा एप्लीकेशनमा भने कोरोना नियन्त्रणका नाममा भएको गतिविधि र खर्चबारे कुनै पनि सूचना राखिएको छैन । साथै गाउँपालिकाको वेभसाईट ठेगानामा स्पेलींग समेत गलत हुँदा स्थानीयहरू वेभसाईट हेर्न अलमलमा पर्ने गरेका छन् ।

हुनुपर्ने स्पेलींग :- bannigadhijayagadhmun.gov.np

यो पनि पढ्नुहोस् :-

बान्नीगढीको गोप्य सार्वजनिक सुनुवाइ : गोवरको गाई बनाउँदा समस्या भयो काँग्रेस नेता रावल

कुकृति ढाकछोप गर्न बन्द कोठामा सार्बजनिक सुनाईको नाटक गरियो : नेबिसंघ नेता साँउद

गोप्य कोठामा बान्नीगढीको सार्वजनिक सुनुवाइ : राजनितिक दलद्धारा संयुत्त बिज्ञप्ती


क्याटेगोरी : मुख्य समाचार, राजनीति, विशेष, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!