द्धितिय स्थान हाँसील गर्ने भलिवल खेलाडीको स्वागत

साँफेबगरमा सम्पन्न ३० बर्ष माथिका युवाहरुको भलिभल प्रतियोगीतामा द्धितिय स्थान हाँसील गरेका बान्नीगढी जयगढ गाउँपालिकाका भलिवल खेलाडिलाई बान्नीगढी जयगढ गाउँपालिकामा स्वागत गरिएको छ । बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतमा एक कार्यक्रमका बिच खेलाडिहरुलाई स्वागत गरिएको हो ।
खेलाडिहरुको स्वागत तथा बधाई दिनुहुदै गाउँपालिका अध्यक्ष खड्काले उत्कृष्ट खेल प्रर्दशन गर्दै द्धितिय स्थान हाँसील गर्न सफल भएकोमा खेलाडिहरुको प्रशँसा गर्नुभयो ।
गाउँपालिकाको नाम उच्च राख्न खेलाडिहरुले भुमिका खेलेको बताउदै उहाँले युवाहरुका लागी खेलकुदको क्षेत्रमा आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त जनाउनु भएको छ ।
आगमी दिनमा पनि खेलाडिहरुले उत्कृष्ट खेल प्रर्दशन गर्नेमा आफु बिश्वस्त रहेको बताउदै अध्यक्ष खड्काले खेलकुदका क्रियाकलाप सँचालन गर्न पहल गर्ने उद्धघोष गर्नुभयो ।
प्रतियोगीतामा द्धितिय स्थान हाँसील गर्न सफल भएको बान्नीगढी भलिवल टिमका टिम कप्तान जगत बहादुर शाहले मेडिल तथा सिल्ड हस्तान्तरण गर्दै खेलकुदका क्षेत्रमा गाउँपालिकाले आवश्यक सहयोग गरेमा उत्कृष्ट खेल प्रर्दशन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
खेलाडिहरुलाई गाउँपालिका अध्यक्ष खड्का,उपाध्यक्ष लोक बहादुर साउँद,वडा अध्यक्ष लगायतले अविरका साथ स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो । स्वागत कार्यक्रको सँचालन बसन्त बहादुर रावलले गर्नु भएको थियो ।
क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस