Techie IT

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश ३ सेमिफाइनलमा


सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रदेश ३ प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

जितसँगै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको छ। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो। १५५ रनको विजयी लक्ष्य प्रदेश ३ ले ३३ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो।

प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ५३ रनको योगदान दिए। आदिल खानले अविजित ३३, कप्तान पारस खड्काले २६ रन, रवीन जोशीले १३, प्रतिश जिसीले ११ तथा जितेन्द्रसिंह ठकुरीले अविजित १२ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका विकास आग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले एक/एक विकेट लिए।

यसअघि ब्याटिङ गर्दै सुदूरपश्चिमका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन बनाए। बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन, प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले दुई/दुई विकेट लिए।


क्याटेगोरी : खेलकुद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस