नेपालको सिन्धु टाइगर टिमलाई भुटानमा तीन स्वर्ण

भुटानको राजधानी थिम्पुमा सम्पन्न पाँचौ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालबाट सहभागी सिन्धु टाइगर टिमले तीन स्वर्णसहित छ रजत र दुई कांस्य पदक जितेको छ ।
जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीको नेतृत्वमा सहभागी १३ जनाको टोली मध्ये १० जनाले ११ पदक जितेका हुन् ।
प्रतियोगितामा पुम्सेतर्फ भण्डारीले टोलीका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए । त्यस्तै क्याडेटतर्फबाट ३३ केजी तौल समूहमा सिसम श्रेष्ठले पनि स्वर्ण जिते ।
जुनियर ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी सञ्चीता खड्काले पनि स्वर्ण जितिन् ।
अध्यक्ष भण्डारीका छोरा सगुनसहित सविन कार्की र दिप्सन केसीले पनि १५ वर्ष भन्दा कम उमेर समूहबाट एक÷एक रजत पदक हात पारे ।
टोलीको लागि रजत पदक जित्नेमा ५७ केजी तौल समूहबाट सोनी लामा, ४९ केजीबाट चमेली तामाङ र ७४ केजीबाट गंगा तामाङ छन् । उनीहरुले सिनियर समूहका तर्फबाट प्रतिस्पर्धा गरेका थिए ।
४१ केजी क्याडेटमा प्रतिस्पर्धा गरेका सागर खड्काले एक कास्य पदक दिलाए भने जुनियर ४८ केजी समूहमा समेत प्रतिस्पर्धा गरेका सविन कार्कीले एक रजतसहित एक कास्य हात पारे । उनीहरु सवै सिन्धुपाल्चोक हुन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस