सान्त्वना जितसँगै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको यात्रा सकियो

सान्तवना जितसँगै सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको यात्रा समाप्त गरेको छ । आज भएको समूहको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि ४ विकेटको जित निकालेको हो । सुदूरपश्चिमको जितमा आकाश चन्दले २९ रन बनाउँदा नरेन्द्र साउद २३ तथा लोकेश बलले १३ रन बनाए ।
९० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९।२ ओभरमा ६ विकेटको क्षतिमा भेटाएको हो । सुदूरपश्चिमका लागि चन्दले २ चौका र २ छक्काको मद्दतमा २९ रन बनाएका थिए । नरेन्द्रले २ चौकाको मद्दतमा अविजित २३ रन बनाएका थिए ।
गण्डकी प्रदेशका लागि किसोरी महतोले ३ विकेट लिए । विपिन खत्रीले २ तथा दिपेश श्रेष्ठले १ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ८९ रनमा अलआउट भएको थियो । गण्डकीका लागि राहुल शर्माले सर्वाधिक ४१ रन बनाएका थिए । किशोरी महतोले १४ तथा आकाश थापाले १२ रन जोडेका थिए ।
गण्डकीका खेलाडीलाई सस्तैमा समेट्न विनोद लामाले ५ विकेट लिए । शेर मल्ल र महेश अधिकारीले २–२ विकेट लिँदा नरेन्द्र साउदको नाममा १ विकेट रह्यो । सान्त्वना जितसहित समूह ए बाट सुदूरपश्चिम र गण्डकी प्रदेश र पाँच नम्बर प्रदेश बाहिरिँदा विभागीय क्लब एपिएफ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल पुलिस र आर्मीले अन्तिम चारमा स्थान बनाएका छन् ।baahrakhari
क्याटेगोरी : खेलकुद, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस