विश्वकप छनोटः मलेसियाविरुद्धको खेलमा नेपालका कप्तान पारस खड्का नखेल्ने

कतारविरुद्धको खेलमा घाइते हुन पुगेका नेपालका कप्तान पारस खड्का मलेसियाविरुद्धको खेलमा नखेल्ने भएका छन् । पारसको अनुपस्थितिमा नेपालको कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले निभाउनेछन् ।
मंगलबार पहिलो बलबाटै घाइते भएका पारसले दोस्रो इनिङमा बेन्चमा बसे । मंगलबार साँझ उनले चिकित्सकसँग उपचार तथा परामर्श लिएका थिए । मंगलबारकोभन्दा धेरै ठीक भएको छ । तर, पूर्ण रुपमा फिट भइनसकेकाले बुधबारको खेलमा उनलाई आराम दिइएको छ ।
बुधबारको म्याचमा वर्षा हुने सम्भावना छ । नेपाललाई बाँकी तीनवटै खेल जित्नु पर्ने दबाब छ । तर, नेपाल र मलेसियाबीचको म्याचको पूरै समय वर्षा हुने सम्भावना छ । सिंगापुरस्थित इण्डियन एसोसियसन क्रिकेट मैदानमा पानी परिरहेको छ । बुधबारको म्याचबाट नेपालले दुई अंक नजितेको खण्डमा ग्लोबल क्वालिफायरमा नपुग्ने सम्भावना चुलिनेछ ।ujyaaloonline
क्याटेगोरी : खेलकुद, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस