टी–२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालको पहिलो जित
मलेसिया पराजीत

टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ।
ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपाल मलेसियालाई ७ विकेटले पराजीत गर्दै जीत हात पारेको हो। वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो।
आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहेका थिए। यस्तै नेपालको जितमा मल्लले अर्धशतक बनाए।
आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो।