पालीका स्तरीय भलिबल प्रतियोगीताको उपाधी मंगलसेन नगरपालीकालाई

दिनेश केशी, रेडियो बान्नीगढी
जयगढमा भएको भलिबल प्रतियोगीको उपाधी मंगलसेन नगरपालीकाले हात पारेको छ ।
बर्दादेबी युवाक्वलबको आयोजनामा संबिधान तथा घाँसेमेलाको अवसरमा असोज ३ गतेबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ ।
बान्नीगढी जयगढ गाउँपालीकाको आर्थीक सहयोग र बर्दादेबी युवाक्वल जयगढको आयोजनामा भएको पालीका स्तरीय भलिबल प्रतियोगीतामा मंगलसेन नगरपालीका प्रथम, रामारोसन गाउँपालीका दृतयि र साँफेबगर नगरपालीका तृतीय स्थान हासिल गर्न सफल भएका छन ।
प्रथम स्थान सफल मंगलसेन नगरपालीकाले ७० हजार १ सय नगद र मेडल प्राप्त गरेको छ दृतीय स्थान हासिल गरेको रामारोसन गाउँपालीकाले ५१ हजार १ सय र तृतीय स्थानमा रहेको साँफेबगर नगरपालीकाले ३१ हजार १ सय नगद सहित मेडल प्राप्त गरेको छ । प्रतियोगीतामा जिल्लाका २३ वटा भलिभल टिमले सहभागीता जनाएका थिए ।
जयगढमा सँचालन हुदै आएको भलिवल प्रतियोगीतालाई निरन्तरता दिदै यस बर्ष पनि भलिवल प्रतियोगीता सँचालन गरेको र यो बर्ष पनी सौहाद्रपुर्ण बाताबरणमा खेल सम्पन्न भएको र आगामी दिनमा पनि यस्तै प्रतियोगीतात्मक खेलको आयोजना गर्ने बर्दादेबी युवाक्वलबका अध्यक्ष पदम साउँदले बताउनु भयो ।
पालीकास्तरीय प्रतीयागतिाको उपाधी हासिल गरेको मंगलसेन नगरपालीकालाई बर्दादेबीका सम्पुर्ण पदाधीकारीले धन्यबाद ज्ञापन गरेका छन ।