खेल क्षेत्रको बिकासका लागी सक्दो सहयोग गर्ने बान्नीगढिका उपाध्यक्ष साउदको उद्धघोष

बान्नीगढि जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले मेला तथा पर्वको अवशरमा मात्रै खेलकुद प्रतियोगीता सँचालन गरेर खेल क्षेत्र तथा खेलाडिको बिकास हुन नसक्ने बताउनु भएको छ ।

दोस्रो बान्नीगढि क्रिकेट लिगको उद्घाटन गर्दै उपाध्यक्ष साउदले मेला तथा पर्वको अवशरमा आयोजना हुने खेल प्रतियोगीताले मात्रै खेल क्षेत्र र खेलाडिको बिकास हुन नसक्ने बताउनु भएको हो । खेलकुदका माध्यमबाट राष्ट्रको फरक पहिचान बन्नेमा जोड दिदै उपाध्यक्ष साउँदले बान्नीगढि जयगढ गाउँपालिकामा खेलकुद क्षेत्रको बिकासका लागी आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

खेल मैदान गाउँपालिका एक मात्र उत्कृष्ट खेल मैदान र गाउँपालिकाको पुजी रहेको उहाको भनाई छ । थालाकोट खेलमैदानको स्तर उन्नतीका लागी सवैले सहयोग गर्नुपर्ने उहाले बताउनुभयो । सिमित ठाउँमा मात्रै प्रतियोगीता सँचालन हुदै आएकोमा यस पछि गाउँपालिकाका सवै वडामा क्रमश प्रतियोगीता संचालन गर्नुपर्नेमा उपाध्यक्ष साउदले जोड दिनु भएको छ ।

सर्वा्धिक धन राशीको बान्नीगढि क्रिकेट लिग प्रतियोगीता उद्घघाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष साउद प्रमुख अथिति रहनु भएको थियो । कालिका युवा क्लवका अध्यक्ष मिन बहादुर साउँदको अध्यक्षतामा भएको उद्घघाटन कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,समाजसेवी लगायतका अतिथि रहनु भएको थियो ।

क्लवका सचिव केशर टमट्टाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन प्रकाश रावलले गर्नु भएको थियो । प्रतियोगीताको उपाधी उचाल्न सफल हुने टिमले रु १ लाख ५ हजार र उप बिजेताले ५१ हजार नगद सहित मेडल र ट्रफि हात पार्नेछन ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker