Techie IT

जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता साँफेबगरमा सुरु


साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता आज एक कार्यक्रमका बिच उद्धघाटन गरीएको छ ।

सम बिवकास नेपालका संयोजक पसुपति कुवँरको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्यूनिष्ट पार्टी नेकपा जिल्ला अध्यक्ष शेर बहादुर कुँवर रहनु भएको थियो ।

यस्तै अन्य अतिथीमा प्रदेश सभा सदस्य मिना साउद, अम्बि थापा, दुर्गा विक, बल बहादुर सोडारी, अम्विका थापा, साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर, जिल्ला समन्वय समिती उपप्रमुख टोप बहादुर रावल, पूर्व जिल्ला बिकास समिती सभापति कुष्ण प्रसाद जैसी, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य प्रकाश शाह, सम्पूर्ण नगर उपप्रमुखको तर्फबाट बिनायक नगरपालिकाका नगर उपप्रमुख अम्विका चलाउने, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उपाध्यक्ष तिलक कुवँर, सम्पूर्ण गाँउपालिकाका उपाध्यक्षको तर्फबाट रामारमेशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले मन्तव्य राख्नु भएको थियो । यस्तै उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायत, नगर स्तरीय अन्तरपाटि महिला संञ्जालका अध्यक्ष अप्सरा कुवँर, नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष जानकी बोहरा, गैर सरकारी संस्था महासंघका अध्यक्ष टंक ढुंगाना, पत्रकार महासंघ प्रदेश सदस्य पुष्पराज भट्ट लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख जनक बहादुर शाही, ईलाका प्रहरी कार्यलय साँफेबगरका प्रमुख प्रहरी निरिक्षक नरपति भट्ट, सशस्त्र प्रहरी बल ४९ गुल्मका गुल्मपति देबेन्द्र बहादुर सिंह, बिभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधी, संञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो । खेलको उद्धघाटन राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युष्ट पार्टी नेकपा जिल्ला अध्यक्ष शेर बहादुर कुँवर भलिबल सर्भिस दिएर उद्धघाटन गर्नु भएको थियो । पत्रकार महासंघ जिल्ला उपाध्यक्ष गिता कुवँरले स्वागत मन्तव्य राख्नु भएको उद्धघाटन कार्यक्रमको सञ्चालन दुधकला बिष्टले गर्नु भएको थियो ।

प्रतियोगितामा जिल्लाका करिब २० वटा टिमको सहभागिता रहको प्रतियोगिता मुल आयोजक समितिका संयोजक पशुपति कुँवरले जानकारी दिनु भयो । आज भएको पहिलो खेलमा आयोजक सम विकास नेपालले शिदेश्वरलाई २÷१ विरुद्ध हराएको छ । समानताको पुस्ता बलात्कार बिरुदको एक्युबद्धता, भन्ने मुल नाराका साथ लैगिक हिसा बिरुद्धको १६ दिने अभियानका क्रममा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता सञ्चालनको लागि ८ लाख खर्च हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५ हजार, द्धितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रहेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!