प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगीता साँफेमा सुरु ( कुराकानी सहित )

अछामको साँफेबगरमा प्रजातन्त्र दिवसको अवसर पारेर प्रथम प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा बोल्दै बडुले राजनीतिमा नैतिकता र आचार संहिता खस्किँदै गएको र यो गम्भीर चिन्ताको विषय बनेको बताउनुभयो ।
खेलकुदको नियम र आचारसंहिता राजनीतिमा पनि पालना हुनसके देश सम्वृद्ध हुने उहाको भनाई थियो । खेलकुद क्षेत्रमा राष्ट्रले ठूलो लगानी गर्नु आवश्यक रहेकोमा उहाले जोड दिनु भएको छ । प्रतियोगितामा सहभागी हुन विभिन्न क्षेत्रबाट १० वटा टिम दर्ता भएको आयोजक गिरीजाप्रसाद कोइराला फाउण्डेसन अछामका अध्यक्ष यज्ञप्रसाद ढुँगानाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन्। दोस्रो हुनेले नगद २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार पाउने छन । यस्तै सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने छ । खेल अवधिभर विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यसै बिच आज हामीले भलिवल प्रतियोगीताका बिषयमा आयोजक गिरीजाप्रसाद कोइराला फाउण्डेसन अछामका सचिव कृष्ण कुवँरसँग कुराकानी गरेका छौ ।
कुराकानी : कृष्ण कुँवर
क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस