प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता : आज ३ खेल

साँफेबगरमा जारी प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज ३ खेल सकिएका छन । आज भएको पहिलो खेलमा आयोजक जिपी कोईराला प्रतिष्ठान अछामलाई पराजित गर्दै प्रमुख प्रशासकिय अधिृकतको टिम बिजयी भएको छ ।
प्रमुख प्रशासकिय अधिृकतको टिमले आयोजकलाई सोझो ३ सेटमा पराजित गरेको हो । आजै भएको दोश्रो खेलमा एलवाईसी अत्तरियालाई पराजित गर्दै एञ्जीला पुस्तक पसल साँफेबगरले जित निकालेको छ ।
यस्तै आजै भएको तेश्रो तथा अन्तिम खेलमा साँफेबगर नगरपालिकालाई पराजित गर्दै नेकपा वडा कमिटी १३ बाब्ला बिजयी भएको छ ।
खेलको दोश्रो दिन भोली आयोजक जिपी कोईराला प्रतिष्ठान अछाम र जीपी कोईराला प्रतिष्ठान बाजुरा बिच हुने आयोजक प्रष्ठिानका सचिव कृष्ण कुवँरले जानकारी दिनुभयो ।
५ लाख पुरुस्कार राशी रहेको प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम पूर्व मन्त्री माननिय दिलेन्द्र प्रसाद बडुले गर्नुभएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस