दर्नामा जारी भलिबल प्रतियोगीतामा क्वाटर फाइनलका खेल सुरु

दर्नामा पालिका स्तरीय भलिबल प्रतियोगिता जारी रहेको छ ।

पञ्चदेवल अनुरा युवा क्लब दर्नाको आयोजनामा दर्नाको माझेठानमा पालिका स्तरीय भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हो ।

कार्तिक २५ गते देखी सुरु भएको पालिका स्तरीय भलिबल प्रतियोगितामा क्वाटर फाइनलका खेलहरू सञ्चालन भई रहेका छन् ।

जस अन्तर्गत आज भएको क्वाटर फाइनलको खेलबाट रामारोशन गाउँपालिका सेमी फाईनलमा प्रवेश गरेको छ । सूर्योदय युवा क्लब नन्देगडालाई सोझो सेटमा पराजित गर्दै रामारोशन गाउँपालिका सेमी फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत भोलि बिहान क्वाटर फाइनलका खेल हुने र दिउसो फाइनल खेल खेलाइने खेलकुद संयोजक तपेन्द्र साउँदले बताउनुभयो ।

खेलकुद संयोजक साउँदका अनुसार क्वाटर फाइनल अन्तर्गतको भोलि बिहानको पहिलो खेल मंगलसेन नगरपालिका र कालागाउँ युवा क्लब बिच हुने छ ।

प्रतियोगितामा विजेता बन्ने टिमलाई ५० हजार १ सय नगद सहित मेडल र ट्फि सहित पुरस्कृत गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker