पालिका स्तरीय भलिबल प्रतियोगीताको उपाधि जगत जनरल स्टोरलाई

दर्नामा सम्पन्न भएको पालिका स्तरीय भलिबल प्रतियोगीताको उपाधि जगत जनरल स्टोर धारासैनले हाँसील गरेको छ ।
पञ्चदेवल अनुरा युवा क्लब दर्नाको आयोजनामा भएको पालिका स्तरीय भलिबल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै जगत जनरल स्टोरले उपाधि हाँसील गरेको हो ।
दर्नाको माझेठानामा भएको प्रतियोगी तामा उपाधि हाँसील गरेको जगत जनरल स्टोरले ५० हजार १ सय सहित मेडल टर्फि हात पारेको छ । २७ वटा टिमको सहभागिता रहेको खेल मध्य पञ्चदेवल अनुरा युवा क्लबका गोविन्द विकले उत्कृष्ट खेलाडिको उपाधि हात पारेका छन् ।
यस्तै अनुशासन तर्फ महेश टमट्टा,राईजींग खेलाडी तर्फ कमल कठायत,उत्कृष्ट स्पाईकरमा जगत जनरल स्टोरका बिन्दुराज खत्री,उत्कृष्ट लिफ्टरमा अर्जुन ढुङ्गाना,उत्कृष्ट ब्लकर रोशन अधिकारी,उत्कृष्ट लिव्रोमा आयोजकका रूप कठायतले उपाधि हाँसील गर्न सफल भएका छन् ।
यसै बिच बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका वडा अध्यक्ष कृष्ण कडायतले खेलकुद क्षेत्रको विकासका लागी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
खेलकुद प्रतियोगीताको समापन कार्यक्रममा प्रमुख अतिथि रहनु भएका वडा अध्यक्ष कडायतले दर्नामा हरेक वर्षको दीपावलीमा खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
क्लबका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा भएको खेलकुद प्रतियोगीताको समापन कार्यक्रममा बान्नीगढी जयगढ गाउँ कार्यपालिका सदस्य केशर बिक विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य नयन बहादुर शाह,नरेन्द्र साउँद,नेपाली काँग्रेसका जिल्ला कार्य समिति आमन्त्रित सदस्य ललित साउँद वडा सभापति दीपक शाह,चक्र शाह लगायतका अतिथि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन गोकुल ठकुल्लाले गर्नुभएको थियो ।
क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस