सुतारमा पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु

रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा पालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
चर्चित स्मृति युवा क्लब रामारोशन गाउँ पालिका वडा न ७ को आयोजनामा पालिका स्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको हो ।
चर्चित स्मृति युवा क्लबका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्धघाट्न समारोहमा प्रतिनिधि सभा सदस्य माननीय सांसद राम विष्टले उद्घाटन गर्नु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सांसद विष्टले खेलकुदमा लगानी र खेलाडीको विकास भयो भने राष्ट्रको प्रतिष्ठा उच्च हुने बताउनुभयो ।
खेलाडीले खेल मनोरञ्जन लागि मात्र नभएर समाजको र देशको गौरव लाई बढवा दिने गरी खेल खेल्नु पर्नेमा उहाँको जोड छ ।
खेल सहित अछामको समग्र विकासका लागि आफू सधैँ क्रियाशील रहेको उहाँको भनाई थियो।
बाढी पहिरो बाट क्षतिग्रस्त रामारोशनको पुन निर्माण र विकासका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउने रामारोशनबासीलाई प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद,नेपाली काँग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल रहनु भएको थियो ।
कार्यक्रम वडा न ७ का अध्यक्ष खडक भण्डारी, नेपाली काँग्रेस अछामका पूर्व जिल्ला सचिव राम बहादुर शाही, नेपाल कम्युनिस्ट पाटीका जिल्ला सचिवालय सदस्य खकेन्द्र मानसिंह, जिल्ला सदस्य ललिता बुढा, नन्दलाल भण्डारी, नेकपा प्रतिनिधि बिर्ख भण्डारी, काँग्रेस प्रतिनिधि चन्द विक, नेपाली काँग्रेस रामारोशनका सचिव पूर्ण विक, काँग्रेस युवा नेता पुष्प विष्ट, दल बहादुर साउद, विन्देश्वरी माविका प्रअ कुल बहादुर भण्डारी, अनेरास्ववियुका डम्बर अयडि, चन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो।
चित्र भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन नवीन भण्डारीले गरेका थिए। ४० हजार प्रथम पुरस्कार राशि रहेको प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुनेछ भने १८ वटा टिमको सहभागिता रहेको छ।
क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस