चौरपाटीमा आत्मरक्षा तालिम सम्पन्न

चौरपाटी गाउँपालिका १, सिउडी स्थित देबिथुम खेल मैदानमा १ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
नेपाल सरकारको कोभिड १९ सुरक्षा सतर्कताका मापदण्डको पूर्णपालना गरी लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धताुु भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०७७ अन्तर्गत चौरपाटी गाउँपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन, वाक नेपाल र मालिका विकास संघसँगको संयुक्त समन्वय तथा सहकार्यमा तालिम सम्पन्न भएको हो ।
चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल गोजुरियो कराँते महासंघका महासचिव तथा महिला हिंसा विरुद्धको अभियान प्रहारका संयोजक प्रकाश कुमार चन्द, प्रमुख प्रशिक्षक र राष्ट्रिय फुटवल टिम रेफ्री लक्ष्मी श्रेष्ठ सहायक प्रशिक्षक रहनु भएको थियो ।
यस्तै कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरणमा आर्थिक सशक्तिकरणको महत्व तथा महिला सशक्तीकरण सम्बन्धमा सेभ द चिल्ड्रेन परियोजना संयोजक प्रतिमा कुवँरले प्रकाश पार्नुभएको थियो भने आत्मरक्षा तालिममा युवा क्लव, विद्यार्थी, शिक्षक, बाल क्लव, युवा उद्यमी, महिला सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको खेमराज ओझाले जानकारी दिनुभयो ।
क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस