गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा प्रवेश

गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा पुगेको छ ।
भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा राप्तीले वाग्मतीलाई ११ रनले हरायो । एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मती दुई बल बाँकी छदै अलआउट भयो ।
वाग्मतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । यस्तै अनिल शाहले २२ रन जोडे । रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३–१३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे ।
राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई–दुई विकेट लिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो ।
जितसँगै राप्ती एक खेलअघि नै फाइनलमा पुगेको छ । हारपछि वाग्मती भने प्रतियोगिताबाटै बाहिरिएको छ । अब राप्तीले फाइनलमा मङ्गलबार नारायणी टिमसँग खेल्नेछ ।
क्याटेगोरी : खेलकुद, प्रदेश, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस