प्रधानमन्त्री कप छनोटमा विजेता अछाम टिमलाई मेल्लेख गाउँपालिकाद्धारा नगद सहित सम्मान

प्रधानमन्त्री कपका लागी कञ्चनपुरमा सम्पन्न भएको क्रिकेट प्रतियोगिता छनोटको उपाधि हात पारेको अछामको क्रिकेट टिमलाई मेल्लेख गाउँपालिकाले नगद सहित सम्मान गरेको छ ।
प्रधानमन्त्री क्रिकेट कप प्रतियोगीताका लागी सुदूरपश्चिम प्रदेशबाट खेलाडी छनोट गर्न कञ्चनपुरमा सम्पन्न भएको क्रिकेट प्रतियोगिता विजेता बनेको अछामको टिमलाई गाउँपालिकाले नगद ५६ हजार सहित सम्मान गरेको हो ।
मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्काको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो ।
खेलाडी सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शाहीले खेलकुद क्षेत्रबाट हरेक ठाउँ तथा जिल्ला सँगै सिङ्गो राष्टको पहिचान हुने भएकाले खेलकुद क्षेत्रको विकासका लागी आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
गाउँपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्काले गर्नु भएको थियो ।
क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस