Techie IT

प्रिमियर लिग : शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी


इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

वुल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो ।

वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए ।

८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २-१ गाेलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-१ गाेलले विजयी हुन पुग्यो ।

उसले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १६ अङ्कको अग्रता कायम भएको छ । लिगमा युनाइटेडको ५० अङ्क रहेको छ । म्यानचेस्टर सिटीलाई जिताउन डेन्डंकरले १, ग्राबियल जिसले २ र मारेजले १ गोल गरेका हुन् ।

जितसँगै म्यानचेस्टर सिटीको ६५ अङ्क भएको छ । हार ब्यहाेरेकाे वुल्भ्स ३४ अङ्कसहित खेलकाे १२ औं स्थानमा रहेको छ ।


क्याटेगोरी : खेलकुद

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!