Techie IT

बान्नीगढी गाउँपालिकाका कार्यक्रम बहिष्कार गर्ने ३ दलको घोषणा / राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता बहिष्कार (भिडियो सहित)


बान्नीगढी जयगढ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम तिन वटै राजनीतिक दलले बहिष्कार गरेका छन् ।

राजनीतिक दल तथा आम नागरिकलाई जानकारी नै नगराई गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गोप्य कोठामा गरिएको विरोधमा तिन वटै राजनीतिक दलले कार्यक्रम बहिष्कारको घोषणा गरेका हुन् ।

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्धघाटन् कार्यक्रमका राजनीतिक दलका तर्फबाट प्रतिनिधिलाई आसन ग्रहणका लागी बोलाइएकोमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले कार्यक्रममा सहभागिता जनाएनन् भने आसन ग्रहण गरेका नेकपा एमालेका प्रतिनिधि राम साउँदले गाउँपालिकाले आयोजना गर्ने औपचारिक कार्यक्रम बहिस्कार गर्ने ३ वटै राजनीतिक दलले निर्णय गरेको जानकारी गराएका थिए ।

राजनीतिक दल तथा आम नागरिकलाई जानकारी नगराई गोप्य कोठामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएकाले आफ्नो दल लगायत ३ वटै राजनीतिक दलले गाउँपालिकाले आयोजना गर्ने सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको बताउँदै कार्यक्रम स्थलबाट बाहिरिनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिकाका तीन वटै राजनीतिक दलले गाउँपालिकाले आयोजना गर्ने सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।

कुनै पनि राजनीतिक दल तथा नगारिकहरुलाई खबर नगरी गोप्य कोठामा कार्यक्रम गरेको विरोधमा नेकपा एमाले,नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गाउँपालिकाले आयोजना गर्ने सम्पूर्ण औपचारिक कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम लगायतका कार्य नसच्याएसम्म यो कार्य निरन्तर जारी रहने बताइएको छ ।

नेपाली काँग्रेसका बान्नीगढी जयगढ गाउँ कार्य समिति सचिव सुरत रावलले तिन वटै राजनीतिक दलले गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम जनताका माझ नगरे सम्म तथा आफ्ना क्रियाकलाप नसच्याएसम्म बान्नीगढी जयगढ गाउँपालिकाले गर्ने औपचारिक रुपमा गर्ने कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

भिडियो :-


क्याटेगोरी : खेलकुद, मनाेरञ्जन, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस