अछाम जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

नयाँ वर्ष २०७८ सालको अवसरमा अछाममा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

कर्मचारी सङ्गम अछामको आयोजनामा हुने प्रतियोगिता चैत २७ गते देखी २९ गते सम्म हुने जनाइएको छ ।

नयाँ वर्ष २०७८ को शुभकामना आदान प्रदान तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने कर्मचारी सङ्गम अछामका अध्यक्ष धर्मराज ओझाले जानकारी दिनुभयो ।

अछाम जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूमा कार्यरत कर्मचारीहरू सम्लीत प्रतियोगिता हुने अध्यक्ष ओझाले रेडियो बान्निगढीलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिता जनाउनका लागी भोलि २६ गतेसम्म मात्रै अन्तिम म्याद रहेको र टिम दर्ता शुल्क २ हजार लाग्ने पनि उहाँले जनाकारी दिनुभयो ।

प्रतियोगिताको पुरस्कार पछि तोकीने सूचनामा जनाइएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker