Techie IT

नेपालले मलेसियालाई ६९ रनले हरायो


काठमाडौंमा जारी त्रिकोणात्मक टी ट्वान्टी प्रतियोगितामा लिग खेलको विजेता हुँदै फाइनलमा पुगेको छ ।

नेपालले मलेसियालाई लिगको अन्तिम खेलमा ६९ रनले हराएको छ । शनिबार हुने फाइनल खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ ।

मलेसिया बिरुद्धको खेल अघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको आज भएको अन्तिम खेलमा मलेसियालाई हराएको हो ।

नेपालले चार खेलबाट ६ अंक जोडेको छ ।

नेपालले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा मात्र १४८ रन जोडन सक्यो । मलेसियाको पारीमा अमीनुद्दीन राम्लेले मात्र १८ बलमा एक चौका र दुई छक्का लगाएर सर्बाधिक ४१ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन । कप्तान अहमद फैजले दोस्रो सर्बाधिक ३१ रन बनाउनुभयो । उहाँले २१ बलको सामना गर्दा चार चौका र एक छक्का हाने ।

नेपालको बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले सामान तीन तीन विकेट लिए । सन्दीपले चार ओभरमा ४२ रन खर्चिए भने सोमपालले चार ओभरमा २० रन खर्चिदा कमल ऐरीले तीन ओभर एक बलमा १६ रन खर्चिए ।

सुशन भारीले तीन ओभरमा ३५ रन दिएर एक विकेट लिए । करण केसीले विकेट लिन सकेनन् । दीपेन्द्रसिंह ऐरीले एक ओभर गर्दा कुनै विकेट झरेन ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले पुरा २० ओभर खेलेर सात विकेटको क्षतिमा २१७ रनको योगफल तयार गरेको थियो । ओपनर आशिफ शेष, कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र करण केसीले विष्फोटक पारी खेलेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भयो ।

यसअघि नेपालले नेदरल्याण्ड्स बिरुद्धको खेलमा २०६ रन बनाएर दोस्रो सर्बाधिक योगफलको कीर्तिमान बनाएको थियो । तर उक्त खेल नेपालले तीन विकेटले हार्न पुगेका थियो ।


क्याटेगोरी : खेलकुद, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस