Techie IT

श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतलाई


घरेलु टोली श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतले एक खेल अगाडि नै जितेको छ ।दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराउँदै भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ । कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । भारतका दीपक चाहर र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । चाहरले अविजित ६९ रन बनाए । त्यस्तै यादवले ५३ रनको योगदान दिए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए । यस अघि आर प्रेमाडासा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ आश्लन्का र अभिष्का फेर्नान्डोले अर्धशतक बनाए । आश्लन्काले ६५ तथा फेर्नान्डोले ५० रन जोडे । भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३/३ तथा दीपक चाहरले २ विकेट लिए ।

पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।

उज्यालो


क्याटेगोरी : खेलकुद

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!