Techie IT

तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतमाथि श्रीलङ्काको जित


घरेलु टिम श्रीलङ्काले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ।

कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो खेलमा पराजित भए पनि भारतले ती खेलको सिरिज २–१ ले जितेको छ । यसअघिको दुई खेलमा भारत विजयी भएको थियो ।

भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलङ्काले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । श्रीलङ्का अभिस्का फर्नान्डोले ७६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै भानुका राजपाक्षेले ६५ रनको अर्धशतकीय इनिङ्ग खेल्दा चारिथ आशलङ्का २४ रनमा आउट भए ।

रमेश मेन्डिस १५ रनमा अविजित रहे । बलिङमा भारतका राहुल चाहरले ३ विकेट लिए । यस्तै चेतन शकरियाले २ तथा कृष्णपा गोथाम र हार्दिक पाण्डेयले १/१ विकेट लिए । यसअघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो ।

तर, डीएलको आधारमा श्रीलङ्काले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।


क्याटेगोरी : खेलकुद

मथुरा भुल रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस