Techie IT

एनआरएनएका पूर्व कोषाध्यक्ष थापाद्वारा स्वर्गीय पिताको सम्झनामा खेलाडीलाई सहयोग


गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व कोषाध्यक्ष एवम् समाजसेवी हिक्मत थापाले आफ्ना स्वर्गीय पिताको सम्झनामा खेलाडीहरुलाई सहयोग गरेका छन् ।

स्वर्गीय पिता आख्यानकार गगनसिंह थापाको सम्झनामा आफ्नो गाउँमा रहेको चेतना सामुदायिक विकास मञ्चका खेलाडीलाई ड्रेस र खेलकुद सामग्री खरिदका लागि १५ हजार सहयोग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत खेल आयोजना गर्न लागेको सूचना तथा खेलाडीले तयारीको लागी खेलिरहेको तस्बिरभिडिओ देखेपछि हौसला स्वरुप सहयोग गरिएको थापाले बताए । कैलालीको टिकापुर स्थायी घर भएका थापा हाल नाइजेरियालाई कर्मथलो बनाउँदै आएका छन् ।

स्वर्गीय पिताको जीवनको झण्डै आधा समय जानकी गाउँपालिकाको कटासेमा बितेको र उहाँ जिवित हुँदा पनि त्यही ठाउँको हक हित र विकासमा अग्रसर भएकोले सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाई छ ।

गगन फाउण्डेशनमार्फत थापाले यसअघि आफू नेपाल आएको बेला समेत चेतना सामुदायिक विकास मञ्चका खेलाडीहरुको फुटबल खेल प्रत्यक्ष हेर्दै खेलाडीको हौसला बढाउन दश हजार नगद समेत हस्तान्तरण गरेका थिए ।

कर्मथलो नाइजेरिया बनाएपनि आफ्नो गाउँठाउँको लागि गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै चेतना सामुदायिक विकास मञ्चका अध्यक्ष मकर रावल र खेल संयोजक शाहिल शाहीलगायत सबै खेलाडीहरुले धन्यवादसंगै खुसी व्यक्त गरेका थिए ।


क्याटेगोरी : खेलकुद, समाचार, समाज

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस