Techie IT

टोकियो पारा ओलम्पिक : नेपालकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित


जापानमा भइरहेको टोकियो पारा ओलम्पिक सन् २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छन् ।

राउण्ड अफ १६ अन्तर्गत आज बिहान भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।

पलेशाले महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस