Techie IT

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै


नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एकरएक गोल गरेका थिए ।

बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस