Techie IT

त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग ५ विकेटले पराजित


आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग पराजित भएको छ ।

नेपाललाई घरेलु टोली ओमानले ५ विकेटले हराएको हो । नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ । लिग–२ अन्तर्गत यसअघि घरेलु मैदानमा भएको दुई खेलमा नेपाललाई ओमानले हराएको थियो ।

अल अमिरात मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । ओमानका जतिन्दर सिंहले १ सय ७ रनको शतकीय पारी खेले । नेपालका करण केसी र कुशल मल्लले २र२ तथा सुशन भारीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय पारी खेले । आसिफको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत हो ।

ओमानका बिलाल खानले ४ विकेट लिए । त्यस्तै नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १र१ विकेट लिए । अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले ६ खेलमा ६ अंक जोडेको छ । ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा छ ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस