Techie IT

टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दै


आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल दुबईमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाललाई हङकङले ६ विकेटले हराएको थियो । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।

छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा छ ।

त्यस्तै यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ४४ औं स्थानमा छ । छनोटमा विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।


क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस