Techie IT

रावत स्मृती कप क्रिकेटको उपाधिका लागी मंगलसेन र कमलबजार भिड्ने


अछामको कमलबजारमा जारी प्रथम कमल रावत स्मृति कप क्रिकेट प्रतियोगिताको उपाधिका लागी मंगलसेन नगरपालिका र आयोजक कमल रावत स्मृति क्लब ए भिड्ने भएका छन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा भिमपाईला स्पोर्टस् क्लब ठाँटिखाँद गाउँपालिका दैलेखलाई ६ विकेटले पराजित गर्दै मंगलसेन फाईनलमा प्रवेश गरेको हो भने आयोजक कमलबजार कालिका युवा सञ्जाल बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकालाई ५ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको दैलेखले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनाएको थियो । जवाफमा मंगलसेन नगरपालिकाले ८ ओभर २ बलमा ४ विकेट मात्र गुमाएर जित हासिल गरेको थियो ।

मङ्गलसेनलाई जिताउनका लागि उत्कृष्ट व्याटिङ्ग गर्दै लालु साहानीले २५ रनको पारी खेलेका थिए । दोस्रो सेमिफाइनलमा कमलबजारसँग पहिले ब्याटिँग गर्दै कालिकाले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ६२ रन बनाएको थियो ।

जवाफमा कमलबजारले १० ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको थियो । कमलबजारलाई जिताउनका लागी भरत जोशीले १८ रनको पारी खेलेका थिए । यसैबिच प्रतियोगितामा भिमपाईला स्पोर्टस् क्लब ठाँटिखाँद गाउँपालिका दैलेख तेस्रो भएको छ ।

तेस्रो स्थानका लागी भएको खेलमा कालिकालाई ८ विकेटले पराजित गर्दै दैलेख तेस्रो भएको हो । पहिले ब्याटिँग गर्दै कालिकाले सञ्जय केसीको ४२ रनको पारीले निर्धारित १० ओभरमा १ सय १ रनको बनाएको थियो जवाफमा दैलेखले अन्तिम ओभरमा मात्र २ विकेट गुमाएर जित हासिल गरेको हो ।

दैलेखका लागी सुरज बोहराले उत्कृष्ट ५३ रनको नट आउट पारी खेल्दै जिताउन सफल भएका थिए । प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण सहित समापन समेत भोलि नै गरिने आयोजक कमिटीका धिरज रावतले जानकारी दिनु भयो ।


क्याटेगोरी : खेलकुद, मुख्य समाचार, समाचार, स्थानीय

रावल बान्नीगढी टुडेको अतिथि सम्पादक हुन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस