Techie IT

स्पेनिस सुपर कपमा बिलबाओद्धारा मड्रिड पराजित


एटलेटिको बिलबाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार राती लि लिगा च्याम्पियन एटलेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै बिलबाओ फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि बिलबाओले अब आइतबार हुने फाइनलमा रियल मड्रिडको सामना गर्ने छ ।रियल मड्रिडले बुधबार राती बार्सिलोनालाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

बिलबाओका गोलरक्षक उनाई सिमोनले खेलको ६२ औ मिनेटमा आत्मघाती गोल गरेपछि एटलेटिको मड्रिडले अग्रता बनाएको थियो ।तर बिलबाओका येराय अल्भारेजले ७७ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।निको विलियम्सले ८१ औ मिनेटमा गोल गर्दै बिलबाओको जित सुनिश्चित गरे का थिए।


क्याटेगोरी : खेलकुद, समाचार

भण्डारी रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस