नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैकाले लेग स्पिनर सन्दीपलाई टोलीमा समावेश गरेको छ ।
यो प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ६ टोलीको सहभागिता रहनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० लिगका लागि अनुबन्ध गरेको थियो ।
सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ । सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरु हुनेछ । दशौँ संस्करणको यो प्रतियोगिता आउँदो सेप्टेम्बर ३० सम्म चल्नेछ ।
क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस