प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् ।
दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक फाइनलमा पुग्यो । अस्ति भएको पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको हो ।
आर्मी र एपीएफ तेश्रो पटक फाइनलमा खेल्न लागेका हुन् । सन् २०१८ को दोस्रो संस्करणको फाइनलमा एपीएफले ६ विकेटले जितेको थियो भने २०२१ को फाइनलमा आर्मीले ३३ रनले जित निकालेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।
क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस