सगरमाथा नाप्ने टोलीको दुरबिन विप्लवको कब्जामा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन्।
सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ ९बिन्दु० मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर ९दुरबिन० कब्जामा लिएका हुन्। यही जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरूबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो भन्ने खबर नागरिक दैनिकमा छ।
सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटना गुपचुप राखेका छन्। ‘मन्त्रालयमा त्यसको जानकारी भएको छ। तर, बाहिर ल्याउन आवश्यक ठानिएन।’ भूमि तथा व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘त्यहाँ हाम्रा साथीलाई थ्रेट भयो भनेर प्रदेश प्रहरीलाई भन्यौं।’ thaha khabar
क्याटेगोरी : पर्यटन, मुख्य समाचार, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस