Techie IT

गाउँपालीकालाई हराभरा बनाउने ७२ बर्षिय खत्रीको ठुलो सपना


बान्नीगढी जयगढ गाउँपालिकामा बिक्षारोपण कार्यक्रम सुरु भएको छ ।

गाउँपालीकाले विनियोजन गरेको तिन लाख पचास हजारको लागतमा आज गाउँपालिकाका बिभिन्न ठाउँमा बिक्षारोपण भएको हो । बिक्षारोपण को नेत्रित्व गरिरहनु भएका तिमिल्सेन सामुदायीक वनका अध्यक्ष, डढेलो नियन्त्रण सन्जाल जयगढ कलस्टरका संयोजक तथा पुर्व जिल्ला बिकास समिती संयोजक तिलक खत्री अव हराभरा बन जंगल बनाउने कुरामा जोड दिनु हुन्छ ।

गाउँपालिका भित्र बिभिन्न बोटबिरवाहरु रोप्दै सुन्दर र हराभरा बनाउने , गाउँपालिकाको धार्मीक क्षेत्र बर्दादेबि जाने बाटोमा पनि बिक्षारोपण गर्ने र बर्दादेवीलाई पर्यटकिय क्षेत्र बनाउने आफ्नो ठुलो सपना भएको खत्रीले बताउनु भयो ।

आज बाट सुरु भएको बिक्षारेपण गाउँपालीको वडा नम्वर ३ हुदै वडा नम्वर ४ तिमिल्सेन र वडा नम्बर ३को बर्दादेबी मन्दिर मा पनि भोल िबिक्षारोपण गर्ने बताईएको छ ।

बिक्षारोपण कार्यक्रमा जयगढ कलस्टर का सदस्य कृष्ण राज तिमिल्सेनाको पनि सक्रिय सहभागीता रहेको थियो ।


क्याटेगोरी : पर्यटन, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!