रोपेका विरुवा नउखेल्न जयगढ कलस्टर संयोजक खत्रीकको आग्रह
धार्मीक पर्यटकिय क्षेत्र बर्दादवी मन्दिर मा विभिन्न वोटबिरवा विक्षारोपण

दिनेश केशी,अछाम
विक्षारोपणको दासो्र दिन आज बर्दादेवी मन्दिरको बाटोमा विक्षारोपण गरिएकोे छ ।
वान्नीगढी जयगढ गाउँपालीकाको धार्मीक पर्यटकिय क्षेत्रलाई पर्यटन प्रवधन गर्नको लागी लामो समय देखि खटिरहनु भएका तिमिल्सेन सामुदायीक वनका अध्यक्ष, डढेलो नियन्त्रण सन्जाल जयगढ कलस्टरका संयोजक तथा पुर्व जिल्ला बिकास समिती सदसय तिलक खत्री को नेत्रित्वमा आज दासो्र दिन पर्यटकिय तथा धार्मीक स्थल वर्दादेबीको मन्दिरमा विक्षारोपण गरिएको छ ।
पछिल्लो समय विश्व वातावरण नै प्रदुषण हुँदै गएको र वन जंगल मासिदै गएको प्रति खत्रीले दुखेसो पोख्नु भएकको छ । बाढी पहिरो र भुक्षय जस्ता विपत्तीको सामना गर्नको लागी वनजंगलमा रुखहरु रोप्नु पर्ने र हरियाली वनजंगल बनाउन सबैले आफ्नो आफ्नो ठाउँबाट ओहम भुमिकका निर्वाह गर्नु पर्ने कुरामा उहाँले जोड दिनु भयो ।
पछिल्लो समय विकास निर्माणको नाममा डोजर चलाउँदा धेरै रुखहरु मासिदै गएको र यसले विश्व वाताबरणममा नै असर गर्ने भएकाले यसो नगरिदन र रोपेकका विरवा जथाभावी नउखेलिदिन पनि खत्रीले सबैलाई आग्रह गर्नु भएको छ । बिक्षारोपण कार्यक्रमा जयगढ कलस्टर का सदस्य कृष्ण राज तिमिल्सेनाको पनि सक्रिय सहभागीता रहेको छ ।
विक्षारोपणको क्रममा आज वोदिचित्त,रक्त चन्दन,रुदा्रक्ष्य,श्रीखण्ड,लहरे असोक,मोरपंखी धुपी सल्ला,सिरिज,राजविक्ष,गोल्ड मोहर लगायतका विरुवा विक्षारोपण गरिएको छ । विक्षारोपणको लागी वान्नीगढी जयगढ गाउँपालीकाले तिन लाख पचास हजार बजेट गरेको थियो ।