आहा ! मनमोहक सुन्दर तुल्ता

पर्यटकका लागि प्रमख रोजाँई बन्दै

पंखबहादुर शाही

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–६ (साविकको रानीवन् गाविस)को तुल्ता पर्यटकहरुका लागि प्रमख रोजाँई बन्दै गएको छ ।

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लालाई तीर बनाएर दक्षिणतर्फ बग्ने कर्णाली नदीको तीरमा रेहेको तुल्ता आन्तरिक र वाह्य पर्यटकहरुका लागि केन्द्रविन्दु बनेको हो ।

कर्णाली प्रदेशका रारा, कैलाश मानसरोवर ,राकमकर्णाली ,से–फोक्सुण्डो र सुदुरपश्चिमका रामारोशन् ,खप्तड लगाएका पर्यटकीय गन्तव्यको अवलोकन्मा कर्णाली राजमार्गको यात्रा गर्ने पर्यटकलाई ‘सुन्दरताको बगैँचा’ भनेर चिनिने तुल्ताले लोभ्याउँने गरेको छ ।

राराको अवलोकन्मा जान लागेका काठमाडौँका अजुन कार्किले तुल्ताले मन लोभ्याएको बताए । रारा जाने क्रममा दैलेखको टुनिबगर पुगेका उनले कर्णाली नदी पारी गुजमुज परेका घर सिलेटका छाना तलतिर कर्णाली नदीको तिरले मन्लाई निकै आनन्दित तुल्याएको सुनाए ।

सिलेटको छाना, परम्परागत शैलीमा निर्माण घर माथितिर अग्ला डाँडा तलतिर कर्णाली नदीको तिरले गर्दा तुल्ता पर्यटकको लागि आर्कषण बनेको हो ।

अछामको पुर्वी क्षेत्रमा पर्ने यो ठाउँ विकासका हिसाबले पछि परेपनि सौन्दर्यताले आफैमा मनमोहक छ । यहाँको अर्काे आकर्षक चिज हो तोरि र यहाँको रैथान्ने संस्कृति । धेरै तोरी फल्ने हुँदा यस ठाउँको नाम तुल्ता रहन गएको स्थानीय बासीको भनाई छ । राराको मुल द्धार भनेको राकम र तुल्ता नै रहेको आठबीस नगरपालिकाका दैलेखका उप–प्रमुख दिपा बोहोराले बताईन् ।

कर्णाली सँग तोडिएको नाता जोडियो
कर्णाली राजमार्ग निर्माण नहुँदा त्यसभेगवाट भेडा लिएर राजापुर,चिसापानीमा जानेको लस्कर लाग्ने गरेको स्थानीय जंगबहादुर शाहीले बताए ।

राजमार्ग सञ्चालन भएपछि भेडा आउन छोडे ,उनले भने् । ६५ घरधुरी रहेको तुल्ताका अधिकाँश पुरुष रोजगारीको लागि भारतको कालापहाड जाने हुँदा गाउँमा महिला बाहेक पुरुष भेटिदैनन् । कर्णाली राजमार्गमा सञ्चालनमा आएपछि जुम्ला, कालिकोट, हुम्ला, डोल्पाका मानिस सँग सम्बन्ध हुन छाडेको धनसिंह माझीले बताए ।

पहिला यही बाटो भेडा ल्याएर कर्णालीका मान्छे आउँथे । पुराना चाल चलनको बारे कुरा हुन्थ्यो । कतिपयले त नाता गोता नै मित लगाएर जाँन्था ,उनले भने् । आठबीस नगरपालिकाको टुनिबगर र तुल्ता जोड्नको लागि कर्णाली नदीमा अहिले झोलुङ्गे पुल बनेकोले तोडिएको साईनो जोडिएको उनको भनाई छ । ‘अहिले तुल्लाबासिको हाटबजारको रुपमा टुनिबगर बनेको छ । अहिले तुल्तामा पर्यटकहरुको चहलपहल पनि निकै बढेको छ ।

नमुना गाउँमा विकसित गरिँदै
तुल्तालाई नमुना गाउँको रुपमा विकसित गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए । यहाँ गिट्टी वालुवा भण्डारण ,तोरि उत्पादन् ,बदम (मुग्फलि) राम्रो उत्पादन् हुने् र पर्यटकीय क्षेत्रका हिसाबले महत्वपुर्ण भएकाले यस्तो कदम चालिएको हो ,उनले भने् ।

जिल्ला सदरमुकाम देखि करिब ५५ कि.मि टाडा पुर्वमा रहेको तुर्माखाँद भौगोलिक हिसाबले पछि परेका कारण विगतमा यस्ता पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार–प्रसार भएनन् ,‘अध्यक्ष शर्माले भने् अहिले तुल्ताको विकासका लागि प्रदेश र संघीय सरकार सँग समेत लगानी गर्न आग्रह गरेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker