Techie IT

सरकारले भ्रमण वर्ष नयाँ ढंगले मनाउदै,१० वर्षिय विशेष योजना बनाउने तयारी


सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुनर्संरचना गर्ने भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुरुवाती समयमा नै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मुलुकभित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी भ्रमण वर्षलाई नयाँ ढंगले पुनर्संरचना गर्ने स्पष्ट पारेका हुन्।

संघीय संसद्, प्रतिनिधिसभा अन्‍तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाई भ्रमण वर्षको कार्यक्रम पुनर्संरचना गरिएको बताएका हुन्।

विशेष योजना उनले भने, ुनेपाल भ्रमण वर्ष २०२०का कार्यक्रम देशभित्र देशबाहिर सबै ठाउँमा स्थगित गरिएको छ र भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने आवश्यकता देखिन्छ। त्यसको लागि २०र३० को अवधारणाबाट अगाडि जाउ भन्ने हामी छलफल गर्दैछौँ। त्यसो हुनाले १० वर्ष नेपालको पर्यटनको निम्ति विशेष योजना बनाएर अगाडि बढिनेछ। त्यो १० वर्षमा मूलतः पर्यटनसम्बन्धी पूर्वाधारहरूको विकास गर्ने, हवाई पूर्वाधार, सडक पूर्वाधार र नयाँ गन्तव्यहरू निर्माण गर्ने लगायतका कुरामा १० वर्षको विशेष योजना बनाउन खोजिरहेका छौँ।

र प्रत्येक बर्ष विशेष योजनाको नाममा एउटा खास एजेण्डाको रुपमा १० बर्षलाई लक्ष्य बनाई जाने भन्ने हाम्रो सोचाइ रहेको छ।ु मन्त्रालयको सक्रियता मन्त्री भट्टराईले तारागाउँ विकास समितिका सम्बन्धमा समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सक्रियता बढाएको स्पष्ट पारे।

उनले भूकम्पले क्षति पुर्‍याएका तारागाउँ विकास समितिअन्तर्गत पोखरा, ककनी, नगरकोटलगायत स्थानमा रहेका रिसोर्टका भवनहरु आन्तरिक स्रोत र मन्त्रालयको केही अनुदानमा पुननिर्माण भई सञ्चालनमा आएको जानकारी दिए।

समितिमा नेपाल सरकारको लगानीको अनुपात ३९ प्रतिशतबाट घटेर २२ दशलव ६७ प्रतिशत शेयर भएको भन्ने प्रतिवेदनमा उल्लेख भए पनि सो बराबरको शेयर सरकारको नाममा नरहेकाले सो संख्याको शेयर सरकारको हुनुपर्नेमा अडान राख्ने काम भएको उनले स्पष्ट पारे। समितिको यथार्थ सम्पत्तिको अडिट गर्ने भन्ने सम्बन्धमा पनि मन्त्रालयले तदारुकता देखाएको बताए। thahakhabar


क्याटेगोरी : पर्यटन, मुख्य समाचार, राष्ट्रिय, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस